काठमाडौँ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गर्नुभएको छ ।
उहाँ यसअघि लामो समयदेखि बयोधा अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गर्नुभएको हो ।
उहाँलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ ।
योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ ।
डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुनुहुन्छ ।
खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा यादवको विशेष दक्षता रहेको छ ।