
काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको क्यान्सरका कारण निधन भएको छ। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको निधन भएको हो ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएका सत्याल नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाउनुभएको थियो ।
सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी समेत हुनुहुन्थ्यो ।
सत्यालको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।