• आइतबार, १ कात्तिक २०८३
  • images

    चीनमा कोरोनाका कारण तीन जनाको मृत्यु  

    चीनमा कोरोनाका कारण तीन जनाको मृत्यु  

    हेल्दीखबर
    सोमबार, वैशाख ५ २०७९
    हेल्दीखबर
    सोमबार, वैशाख ५ २०७९
    चीनमा कोरोनाका कारण तीन जनाको मृत्यु  
    फाइल तस्वीर

    चीनको साङ्घाई क्षेत्रमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।  कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि साङ्घाईमा तीन साता अघि मात्रै लकडाउन गरिएको थियो । लकडाउन गरिएपछि पहिलो पटक कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।  

     समाचार संस्था एएफपीका अनुसार आइतवार एकैदिन ३ जनाको कोरोनाका कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारीमा अस्पताल पुर्याइएका तीनै जनाको अवस्था गम्भीर बनेको र उनीहरूलाई जोगाउन नसकिएको उल्लेख छ ।  

    images

    साङ्घाई प्रशासनका अनुसार मृत्यु भएका तीनैजनाको उमेर ८९ देखि ९१ सम्मको रहेको उनीहरू अन्य रोगबाट पनि ग्रसित थिए । यसअघि मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण २ जनाको मृत्यु भएको थियो ।एजेन्सी ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार