• सोमबार, २ कात्तिक २०८३
  • images

    रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा  डुकुछापमा खानेपानी फिल्टर जडान

    रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा  डुकुछापमा खानेपानी फिल्टर जडान

    हेल्दीखबर
    बुधबार, चैत १६ २०७८
    हेल्दीखबर
    बुधबार, चैत १६ २०७८
    रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा  डुकुछापमा खानेपानी फिल्टर जडान

     

     ललितपुर  । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ ।

    images

     गोदाबरी  नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो ।

    रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी फिल्टर जडान गरीएको हो ।

     ललितपुर महानगरपालिकासंग सिमाना जोडिएपनि विकट मानिएको सो क्षेत्रमा खानेपानी फिल्टर जडान गरेपछि करिब एक सय घर परिवार लाभान्वित भएका छन् ।

    फिल्टर उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष मदन महतले सामाजिक कार्यमा समर्पित रोटरी क्लब सैबु भैसेपाटीले  विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको चर्चा गर्नुभयो ।

     उहाले भन्नुभयो–अहिले खानेपानीको अभाव बेहोरिरहेका डुकुछापवासीको पहिलो समस्या समाधान गर्न क्लबले मुख्य भुमिका खेलेको छ । फिल्टर जडान गर्न रोटरी क्लब अफ सैबु भैसेपाटीका  अध्यक्ष थापाको ५ लाख १५ हजार आर्थिक सहयोगमा जडान गरिएको हो ।

    No description available.

     खानेपानीको फिल्टर जडान गर्न स्थानीय सानोभाई अधिकारीले जग्गा उपलब्ध गराउनुभएको थियो । फिल्टर जडान भएपछि मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै क्लबको सामाजिक उत्तरदायीत्व बहन गर्ने योजना अनुसार सो परियोजना सञ्चालन गरेको बताउनुभयो । भन्नुभयो–रोटरी क्लब अफ सैबु भैसेपाटीको यो सहयोगले स्थानीय अधिकारी टोलवासीलाई ठुलो राहत मिलेको छ । कार्यक्रममा क्लबका पदाधिकारी पुर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।  

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार