काठमाडौं । एनेस्थेसियोलोजिष्ट डा. कमला सुवालको निधन भएको छ । उहाँले लामो समय वीर अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा काम गर्नुभएको थियो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले निमोनियाका कारण डा. सुवालको निधन भएको जानकारी दिनुभयो ।
निर्देशक श्रेष्ठका अनुसार डा सुवालले प्रसुती अस्पतालमा पनि लामो समय पार्ट टाइम काम गर्नुभएको थियो । उहाँ विगत ३ वर्षदेखि बिरामी हुनुुहुन्थ्यो ।