• सोमबार, २६ असोज २०८३
  • images

    चीनले थप १६ लाख डोज भेरोसेल खोप सहयोग गर्ने

    चीनले थप १६ लाख डोज भेरोसेल खोप सहयोग गर्ने

    हेल्दीखबर
    शुक्रबार, साउन १ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन १ २०७८
    चीनले थप १६ लाख डोज भेरोसेल खोप सहयोग गर्ने


    काठमाडौँ, १ साउन । चीनले  नेपाललाई थप १६ लाख डोज कोरोना बिरुद्धको खोप  अनुदानमा सहयोग गर्ने भएको छ ।  चिनियाँ राजदूत होउ यान्छीले खोप अनुदानमा सहयोग गर्ने जानकारी दिनुभएको हो ।  
     नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरी चीनकी राजदुत होउ यान्छीले नेपाललाई थप १६ लाख भेरोसेल खोप सहयोग गर्ने जानकारी दिनुभएको हो । चीनले यसअघि नै दुईपटक गरी १८ लाख मात्रा भेरोसेल खोप अनुदान दिईसकेको छ । योसंगै नेपालमा सबैभन्दा बढी अनुदानमा खोप सहयोग गर्ने देशहरुमा चीन अगाडि देखिएको छ ।
     सरकारले चीनसंग ४० लाख मात्रा खोप भेरोसेल खोप किनेको छ । त्यसको पहिलो मात्रा आठ लाख डोज नेपाल आइसकेको छ । अरु खोप आउने प्रक्रियामा रहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार