• सोमबार, २ कात्तिक २०८३
  • images

    हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख विपिन रावतको निधन

    हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख विपिन रावतको निधन

    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख विपिन रावतको निधन

     काठमाडौं। भारतको तमिलनाडुको कुन्नूरमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका सेनाका चिफ अफ डिफेन्स (सिडिएस) बिपिन रावतको निधन भएको छ । टाइम्स अफ इण्डियाका अनुसरा रावत र उहाँका धर्मपत्नी र अन्य ११ जनाको मृत्यु भएको छ ।
    उहाँ मृत्युबारे सरकारले भोलि औपचारिक रूपमा संसदमा जानकारी गराउने तयारी गरेको जनाइएको छ । हेलिकोप्टरमा सेनाका अन्य उच्च अधिकारी सहित १४ जना सवाररहेको भारतीय सञ्चार माध्यम “आजतक”ले उल्लेख गरेको छ  । भारतीय समयअनुसार दिउँसो १२ : २० मा दुर्घटनामा परेको हो । मृतहरुको डिएनए परिक्षणबाट पहिचान खुल्ने ”आजतक“ले उल्लेख गरेको छ । हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार