• मंगलबार, २६ साउन २०८३
  • images

    स्वास्थ्यकर्मीमा  देखियो जिका भाइरस संक्रमण

    स्वास्थ्यकर्मीमा  देखियो जिका भाइरस संक्रमण

    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    स्वास्थ्यकर्मीमा  देखियो जिका भाइरस संक्रमण


    काठमाडौं । भारतको केरला राज्यमा  जिका भाइरस पुष्टि भएको  छ । लामखुट्टेबाट सर्ने उक्त भाइरस राज्यका १४ जनालाई पुष्टि भएको हो । केरलाका स्वास्थ्य मन्त्री भिना जोर्जकाले जिका भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यसअघि भारतमा २०१६/ १७ मा गुजरातमा पहिलो पटक जिका भाइरसबाट मानिसहरु संक्रमित भएका थिए। लामखुट्टेबाट सर्ने यस भाइरसले बालबालिकाहरुको दिमागमा असर गर्ने तथा अटो इम्युन रोग ‘गुलियन बेर सिन्ड्रोम’ समेत गराउँछ। उक्त जिल्लामा सबै नयाँ संक्रमितहरु स्वास्थ्यकर्मीहरु रहेका छन्। यो भाइरस लामखुट्टेबाट मात्र नभई यौन सम्पर्कबाट पनि सर्ने गर्दछ।  स्वास्थ्यमन्त्रीका अनुसार पहिलो संक्रमण २४ वर्षिया गर्भवतीमा देखिएको थियो। उनमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको छ।  हाल उनले बच्चालाई जन्म दिइसकेको र दुबैको स्वास्थ्य राम्रो छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार