• बुधबार, २८ असोज २०८३
  • images

    चीनबाट  आइपुग्यो आठलाख  नौ हजार ६०० डोज भेरोसेल खोप 

    चीनबाट  आइपुग्यो आठलाख  नौ हजार ६०० डोज भेरोसेल खोप 

    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    चीनबाट  आइपुग्यो आठलाख  नौ हजार ६०० डोज भेरोसेल खोप 

     

      काठमाडौं,२५ असार  । चीनबाट कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’  आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज बिहान ६ः२१ बजे खोप चीनको बेइजिङबाट काठमाडौं ल्याइएको हो।  
    वाइडबडी जहाजमा १७ हजार ६०० बक्स खोप अटाएको थियो । एक बक्समा ४६ डोज रहेकाले जम्मा यस पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको हो। खोप ल्याउन निगमको पहिलो उडान बिहीबार ३ः३०बजे बेइजिङतर्फ प्रस्थान गरेको थियो ।
    सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याएको हो । यसपछि जहाजले क्रमशः असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउन चीन जाने तालिका सार्वजनिक गरेको छ ।चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप ल्याउन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार