• बिहीबार , २९ असोज २०८३
  • images
    images

    कोरोना खोपको समान वितरणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह

    कोरोना खोपको समान वितरणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह

    हेल्दीखबर
    मंगलबार, कात्तिक ९ २०७८
    हेल्दीखबर
    मंगलबार, कात्तिक ९ २०७८
    कोरोना खोपको समान वितरणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रह

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन्। उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका हुन्।

    महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गरेका हुन्। महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन् - अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ।

    images

    उनले अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेकाे बताए। उनले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी भएकाे बताए।

    अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको भनाइ छ।

    महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय संकट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिए।

    रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार