सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदैगरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो साढे चार बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिदै दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ बर्षिय सुशील रावत र भगवतिमाई गाउँपालिका १ का ३४ बर्षिया शान्ता आचार्यको मृत्यु भएको पुष्ठि गरेको छ। कार्यालयका प्रवक्ता एवं डिएसपि रामप्रसाद घर्तीले दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना समान्य घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुको प्रदेश अस्पताल र माया नसिंङ होममा उपचार भइरहेको छ।