• आइतबार, १४ भदौ २०८३
  • images

    सवारी दुर्घटनामा घाइते हुनेको सरकारले निःशुल्क उपचार गर्छः प्रधानमन्त्री

    सवारी दुर्घटनामा घाइते हुनेको सरकारले निःशुल्क उपचार गर्छः प्रधानमन्त्री

    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    सवारी दुर्घटनामा घाइते हुनेको सरकारले निःशुल्क उपचार गर्छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परेकाहरुको निशुल्क उपचार गर्ने बताउनुभएको छ । अघिल्लो दिन  कास्की र अछाम तथा मंगलबार मुगुमा सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । उहाँले सडक दुर्घटनाले स्तव्ध भएको बताउनुभएको छ । आफ्नो आधिकारिक फेसबुक मार्फत उहाँले सो कुरा बताउनु भएको हो । 

     प्रधानमन्त्री देउवाले भन्नुभएको छ, मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ।
    सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार