• मंगलबार, ३ कात्तिक २०८३
  • images

    चीनबाट आइपुग्यो , ४४ लाख डोज भेरोसेल खोप

    चीनबाट आइपुग्यो , ४४ लाख डोज भेरोसेल खोप

    शुक्रबार, असोज १ २०७८
    शुक्रबार, असोज १ २०७८
    चीनबाट आइपुग्यो , ४४ लाख डोज भेरोसेल खोप

     

    काठमाडौं  ।  चीनबाट कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए। उनका अनुसार आज आएको खोप विभिन्न चरणमा देशका सबै जिल्लामा पठाइने छ।   
    खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो। सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ। यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र हिजो खोप ल्याउने बताइएको थियो। तर पछि संशाेधन गर्दै एक दिन पछाडी सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। 
    भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार