स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुरोध गरेको छ। स्वास्थ्य राज्यमन्त्रीको उमेश श्रेष्ठको नेतृत्वमा सबै साझेदारसँग बुधबार बसेको बैठकले कोभिड–१९ सम्बन्धी विद्यालय सञ्चालन कार्यढाँचा २०७७ पूर्ण पालना हुने गरी विद्यालय खोल्नका लागि अनुरोध गर्ने निर्णय गरेको हो।
विद्यार्थीको परीक्षण, कन्ट्रायक ट्रेसिङ पूर्ण व्यवस्था हुनेगरी विद्यालय खोल्न सकिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । डा. पौडेलका अनुसार विद्यालयले नजिकको स्वास्थ्य संस्थासँग सम्वन्य गरी परीक्षण गर्नुपर्ने हुन्छ। ‘शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जारी गरेको कोभिड–१९ सम्बन्धी विद्यालय सञ्चालन कार्यढाँचामा २०७७ को पूर्ण पालना हुने गरी विद्यालय खोल्न अनुरोध गरेका छौं,’ डा. पौडेलले भने, ‘ संक्रमणबाट जोगिनका लागि विद्यार्थी, अभिभावक र शिक्षक अभिमूखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ।
जिल्ला कोभिड–१९ संकट व्थवस्थापन केन्द्रले सिफारिस गरेको आधारमा अनिवार्य माक्स, साबुन पानीको व्यवस्था तथा सामाजिक दुरी कायम गर्ने, परीक्षण व्यवस्था तथा कन्ट्रायक ट्रेसिङको व्यवस्था गरेर मात्र विद्यालय खोल्न सकिने डा. पौडेलको भनाई छ। देशभर कोरोना संक्रमणको दर भएकाले विभिन्न स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन्।