नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी अस्वस्थ हुनुहुन्छ । गिरीको घाँटीमा गम्भीर समस्या देखिएको छ । घाँटीमा समस्या देखिएपछि उहाँको मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन्। चिकित्सकहरूले क्यान्सरको आशंका गरे पनि पुष्टि भने भइसकेको छैन।
यसैबीच, गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाँदै हुनुहुन्छ ।नेता गिरीलाई भेट्न आफू मुम्बईका जान लागेको निधिले बताउनुभयो । काठमाडौंबाट जनकपुर हुँदै बिहारको दरभंगाबाट उहाँ मुम्बई जानलाग्नुभएको हो । निधिसँगै कांग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य बालकृष्ण पाण्डे पनि गिरीलाई भेट्न मुम्बई जानुभएको छ ।