• आइतबार, १४ भदौ २०८३
  • images
    डा. समिर आचार्य

    थाहै नपाइ हुन्छ मस्तिष्कघात

    थाहै नपाइ हुन्छ मस्तिष्कघात

    रगत जमेर हुने (हेमोरेजिक)मस्तिष्कघातः

    मंगलबार, असार ८ २०७८
    मंगलबार, असार ८ २०७८
    थाहै नपाइ हुन्छ मस्तिष्कघात

    पछिल्लो सयम सामाजिक सञ्जालतिर मस्तिष्कघातले अल्पायुमै निधन भन्ने खबरहरु प्रशस्त मात्रामा पोष्ट गरेको पाइन्छ । मानिस हिड्दाहिड्दै , चिया पिउँदा पिउदै, घरमा बसिरहेको अवस्थामा , काम गर्दा गर्दै मस्तिष्कघात भएर मानिसको ज्यान गएको छ । त्यसैले मस्तिष्कघात भनेको के हो ? यसबाट कसरी बच्न सकिन्छ । मस्तिष्कघातका रिष्क फ्याक्टरहरुहरु के हुन भनेर जनचेतनाको विकास गर्नु जरुरी छ । हाम्रो शरीर सञ्चालन गर्ने मस्तिष्कले हो । शरीरको इन्जिन भनेकै मस्तिष्क हो । मस्तिष्कमा कुनै कारणले अवरोध भयो भने मस्तिष्कघात हुन्छ । जस्तै रगतको नशा बन्द भयो, रगतको सञ्चालन हुन सकेन भने त्यो पाटको ब्रेनले काम गर्न छाड्छ । ब्रेनमा रगत जम्यो भने पनि मस्तिष्कलाई ड्यामेज गर्दछ र काम गर्न छाड्छ । यस्तो अवस्थालार्ई मस्तिष्कघात (स्ट्रोन) भनिन्छ ।

    मस्तिष्कघात दुइ किसिमको हुन्छ ।

    १.रगत जमेर हुने (हेमोरेजिक)मस्तिष्कघातः (सानो  रगतको नशा फुट्छ र रगत वरीपरी फैलन्छ । जहाँ रगतको नशा छ त्यसको ब्रेनले काम गर्न छाड्दछ ।

    २. रगतको सञ्चालन नभएर हुने (स्केमिक स्ट्रोक) मस्तिष्कघात : यसमा रगतको नशा सञ्चालन नभइ बन्द हुने गर्दछ । रगतको सर्कुशेलन नभएपछि ब्रेनले काम गर्न छाड्छ र पक्षघातको लक्षणहरु देखिन्छ । यस्तो खालको मस्तिष्कघातमा मानिस हिडिरहेको छ भने लड्ने, एकातिरको पाखा कमजोर हुने, यदि राइट साइडको ब्रेनमा भयो भने लेफ्ट साइड र लेफ्ट साइडमा समस्या भयो भने राइट साइडमा मस्तिष्कघात हुने गर्दछ । कुनै व्यक्तिको हातखुट्टा कमजोर हुने गर्दछ । ब्रेनमा भएको विभिन्न भागले छुट्टाछुट्टै तरिकाले काम गरीरहेको हुन्छ । त्यसमा कुनै ठाँउले मुख चलाउने गर्दछ भने कुनै ठाँउले बोल्ने काम गर्दछ । कुनैले हात चलाउँछ भने कुनैले खुट्टा चलाएको हुन्छ , कुनै ठाँउले आँखा हेरिरहेको हुन्छ । त्यसैले ब्रेनमा भएको भिन्न भिन्न भागले भिन्न भिन्न किसिमको काम गरीरहेको हुन्छ । कुनै मानिस हिडिरहेको छ भने उसको आँखा धमिलो देखियो, केही नदेखेको जस्तो भयो भने त्यसमा अक्सिपलोटमा सर्कुलेशन नहुने हुन्छ । त्यसमा ब्रेनले डिस्र्टब ग¥यो भन्ने बुझ्नुपर्छ । अर्को बोल्ने र बुझ्ने ठाउ छुट्टै हुन्छ । एकजनाले बोलिरहेको छ भने त्यसको प्रश्न बुझेर उत्तर दिने ठाँउ अर्कै हुन्छ । त्यहि ठाँउमा मस्तिष्कघात भयो भने बोली जाने हुन्छ । उसले बोल्नै सक्दैन । उसको स्वर जाने हुन्छ । बुझ्ने ठाँउमा स्ट्रोक भएको हो भने मैले घर कहाँ हो भनेर सोधे भने उसले मैले भात खाए भन्ने खालको उत्तर दिने गर्दछ । त्यसलाई पनि एक किसिमको मस्तिष्कघात भनिन्छ । अर्को धेरै हुने भनेको हात खुट्टा चलाउने ठाँउमा पक्षघात भयो भने हातखुट्टा विग्रने हुन्छ । कुनै व्यक्तिको मुख बांगिएको छ भने पनि त्यसलाई पनि स्ट्रोकको रुपमा लिइन्छ । रगतको नशा भनेको पाइपको नलीजस्तै हो । पाइपको नलीमा लेउ लाग्दै जान्छ । यो भन्नुको अर्थ कुनै हिसाबले फ्याट , कोलस्ट्रोलहरु डिपोजिट भएर बसिदिन्छ र सर्कुलेशन बन्द हुन्छ । सुरुमा अलिअलि जाने ब्लडप्रेसर लो भएको बेलामा जति हुनुपर्ने हो त्यो पुग्दैन र मस्तिष्कघात हुने गर्दछ ।

    मस्तिष्कघातको रिष्क फ्याक्टर:

    जिवनशैली : मोटो मानिसहरु, व्यायामहरु नगर्ने, अल्कोहलहरु बढी खाने व्यक्ति बढी जोखिममा हुने गर्दछन् । सबैभन्दा बढी मस्तिष्कघात सिग्रेट पिउने व्यक्तिलाई हुने गर्दछ । ड्रग्स खाने व्यक्ति पनि मस्तिष्कघातको उच्च जोखिममा हुने गर्दछन् । ब्लडमा कोशको लेभल हाइ भएर पनि मस्तिष्कघात हुने गर्दछ । हाइपरटेन्सन, मधुमेह, वंशाणुगत, कोलस्ट्रोल उच्च छ भने पनि मस्तिष्कघात हुने सम्भावना प्रवल रहन्छ । कसैलाई सुगर प्रेसर छ भने त्यसलाई नियन्त्रणमा राख्नु जरुरी छ यदि नियन्त्रण गरिएन भने मस्तिष्कघात हुनसक्छ । मस्तिष्कघात हुने सम्भावना भएका व्यक्तिहरुले निरन्तर स्वास्थ्य परिक्षण गराउनुपर्दछ । उच्चरक्तचापलाई मेन्टेन गर्नुपर्छ ।

    मस्तिकघात भनेको भुइचालो आएजस्तै हो । कुन बेला आउछ थाहै हुन्न । मस्तिष्कघातले कुनै त्यस्तो संकेत दिदैन । एक्सरसाइज गर्ने, आफ्नो स्वास्थ्यको हेरचाह गर्ने, निरन्तर स्वास्थ्य परिक्षण गर्ने बानी बसाल्नुपर्छ । खानपिनमा पनि नियन्त्रण गर्नुपर्दछ ।

    विदेशमा ब्रेन चेकअप भन्ने आइसकेको छ तर नेपालमा ब्रेन चेकअप अहिले सम्म आउनसकेको छैन । ५० वर्ष कटिसकेपछि मानिसहरुले एकपटक ब्रेनको सबै नशाहरु हेर्ने गर्दछन । तर त्यो चलन हाम्रो देशमा आइसकेको छैन । ब्रेन चेकअप गर्नको लागि एमआरआइ एमआरए वा सिटी एन्जिओग्राम गर्नुपर्छ । त्यसले ब्रेनको नशाको फोटो खिच्ने काम गर्दछ । लिपिड प्रोफाइल, सुगरको टेष्ट गर्नुपर्छ । एमआए वा सिटी महगो हुने गर्दछ । यसमा न्युनतम २० हजार खर्च हुन्छ । यो रेगुलर गर्न सम्भव हुदैन त्यसैले ५०/५५ वर्ष कटिसकेपछि एक पटक गर्न सकिन्छ । मस्तिष्कघातमा खुट्टा झमझमाउने, बोली लर्बरिनेजस्ता लक्षण देखिनसक्छ । मस्तिष्कघात ट्रान्जेन हुन्छ । एउटा केही समयको लागि मात्र हुन्छ । जस्तो रगतको नशा कुनै बेला साधुरिन्छ । कुनै बेला खुल्छ । त्यसलाई ट्रान्जेट स्मेकिङ्ग स्ट्रोक (टिआइए) भनिन्छ । यस्तो खालको मस्तिष्कघात २४ घण्टा भित्र आफै निको भएर आउँछ । कुनै मस्तिष्कघात रिकभर हुनै सक्दैन । मुटु रोगमा मानिसहरु सचेत पनि छन् । मस्तिष्कघातमा ब्रेन अट्याक्ट भनेर जनचेतना पनि फैलाउन सकिएको छैन । मस्तिष्कघात बारे मानिसहरु सचेत हुनु जरुरी हुन्छ । ब्रेनमा रगत जमेको छ भने शल्यक्रिया गरिन्छ । रगतहरु निकालिन्छ । रगत निकाल्ने वित्तिकै मानिस पहिलेको अवस्थामा फर्कन सक्दैन । मानिसको ज्यान मात्र बचाउन सकिन्छ । जति ड्यामेज भयो त्यसलाई फेरी फर्काउ भन्न सकिदैन । चार पाँच घण्टाभित्र कुनै व्यक्ति स्ट्रोक भएर आउछ भने त्यसलाई ट्रान्सप्लाज्मीनोेजिम एक्टिभेटर (टिपिए) गरिन्छ । रगतको नशा बन्द भएको छ भने पनि त्यसले पगाल्न सक्छ । त्यसपछि रगत पुन सर्कुलेशन हुन पाउँछ । त्यसलाई तत्काल बिरामी हस्पिटल आएको छ भने मात्र सम्भव हुन्छ । यो प्रविधि अलि महगो पनि छ । विदेशबाट फ्रिजमा हालेर ल्याउनुपर्ने हुन्छ । मेकानिकल थोम्बेक्टोनी प्रविधिले पनि उपचार गरिन्छ । एनजिओग्राम गरेजस्तै गरेर नशाबाट पाइप छिराएर ब्लक भएको ठाउमा छिराएर उपचार गरिन्छ । रगतको नशा बन्द भएर हुने मस्तिष्कघातका बिरामीहरु ८० प्रतिशतजति आउने गर्दछन् । २० प्रतिशत रगत जमेर आउने बिरामी हुन्छन्

    उच्च रक्तचाप भएको मानिसले औषधि सेवन गरीरहको हुन्छ । मलाई नर्मल भयो भनेर त्यो औषधि खान छोडछन त्यसपछि रक्तचाप अत्यधिक बढ्छ र मस्तिष्कघात हुने गर्दछ । रगतको नशा फुट्छ । अन्नपूर्ण अस्पतालमा पनि दैनिक पाँचजना मस्तिष्कघात भएका बिरामीहरु आइरहेका हुन्छन ।

    मस्तिष्कघातको उपचारको लागि जति चाँडै हस्पिटल ल्याउन सक्यो त्यति धेरै राम्रो हो । ब्रेन ड्यामेज भइसकेपछिको अवस्थामा बचाउन मुस्किल पर्छ । मस्तिष्कघातबाट बच्ने हो भने ब्लडप्रेशरलाई नियन्त्रण गर्नैपर्छ । , कोलस्ट्रोलको लेभल ठिक राख्नुपर्छ । चिल्लो खान हुदैन । चिल्लो पदार्थ गएर रगतको नशामा गएर बसिदिन्छ । रगत जाँच गर्दा रक्तचाप, चिल्लो पदार्थ बढी छ भने चिकित्सकको सल्लाहले औषधि सेवन गर्नुपर्छ । चुरोट विडिको नियमित सेवनले पनि रगतको नशालाई खुम्च्याइदिने गर्दछ । धुमपान रोक्नै पर्छ । मधुमेह छ भने त्यहि अनुसार स्वास्थ्यमा सतर्कता अपनाउनुपर्छ । तौल बढी छ भने पनि त्यसलाई नियन्त्रण गर्नुपर्छ । बढी तौलले नै मानिसको सुगर र प्रेसरलाई बढाइरहेको हुन्छ । भेजिटेभल खानालाई बढी महत्व दिने, नियमित व्यायाम गर्नुपर्छ । राती सुतेको बेला बढी घुर्ने मानिस (स्लिप आप्निया ) मा पनि मस्तिष्कघातको सम्भावना रहन्छ । घुरेको बेला अक्सिजनको मात्रा कम हुन्छ । ब्रेनमा पनि अक्सिजन पुग्दैन र मस्तिष्कघात हुने गर्दछ । गर्भनिरोधक औषधि खाइरहेका महिलाहरुलाइ पनि मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । त्यसले रगत बाक्लो बनाउने गर्दछ । गर्भनिरोधकको खाने वा लगाउने जुनसुकै औषधिले मस्तिष्कघात हुन्छ भन्ने चेतना महिलाहरुलाई हुनु पर्दछ ।

    नेपालमा सबैभन्दा बढी मस्तिष्कघात देखिने उमेर भनेको ५५ देखि ६० वर्ष हो । यो उमेरमा बढी ख्याल गर्नुपर्छ । एकाध रुपमा त्यो भन्दा कम उमेरका मानिसहरुलाई पनि मस्तिष्कघात हुने गरेको छ । मस्तिष्कघात हुने सम्भावना खाडी मुलुकमा काम गर्न जाने नेपालीहरु पर्दछन ।

    उनीहरुलाई पनि धेरै मात्रामा मस्तिष्कघात हुने गरेको छ । कतिलाई डिहाइड्रेसन भएर मस्तिष्कघात हुने गर्दछ । घाममा काम गर्नु परेको हुन्छ त्यो बेला पानी नपिउँदा समस्या हुने गर्दछ । एसिमा बढी काम गर्ने मानिसलाई पनि मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । नेपालमा न्युरो सम्बन्धि चिकित्सक सर्जरीतिर ८० जना जति र न्युरो फिजिसियन २० जना हुनुहुन्छ । यो अत्यन्त कम संख्या हो । त्यसैले मस्तिष्कघात बारे गाँउमा काम गर्ने चिकित्सक, जनरल प्राक्टिस गर्ने डाक्टरलाई समेत तालिम दिनु आवस्यक छ ।

    डा. आचार्य माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्युरो सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार