काठमाडौ । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको मस्तिष्कघातको कारण निधन भएको छ। गुप्ताको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो।
उक्त रक्तचापबाट पीडित अन्दाजी ६० वर्षीय गुप्तालाई दुई दिनअघि मस्तिष्कघात भएपछि उपचारका लागि न्युरो अस्पताल भर्ना गरिएको थियो।
भेन्टिलेटरमा उपचार भइरहेका शुक्रबार दिउँसो निधन भएको पत्रकार महासंघ प्रदेश २ समितिका अध्यक्ष राजेश कर्णले जानकारी दिनुभयो ।
सिरहाको लहान घर भएका गुप्ता पछिल्लो तीन दशकदेखि निरन्तर पत्रकारिता पेशमा सक्रिय हुनुहुनथ्यो । प्रेस काउन्सिलले यसै वर्ष उहाँलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको थियो।
गुप्ताको निधन पत्रकारिता क्षेत्रका लागि अपूर्णीय क्षति रहेको महासंघ प्रदेश २ ले जानकारी दिएको छ ।