• सोमबार, २६ असोज २०८३
  • images

    कांग्रेस महामन्त्रीमा पूर्वस्वास्थ्य मन्त्री पौडेलसहित तीन जना निर्वाचित

    कांग्रेस महामन्त्रीमा पूर्वस्वास्थ्य मन्त्री पौडेलसहित तीन जना निर्वाचित

    सोमबार, असोज २६ २०८३
    सोमबार, असोज २६ २०८३
    कांग्रेस महामन्त्रीमा पूर्वस्वास्थ्य मन्त्री पौडेलसहित तीन जना निर्वाचित

    काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलसहित तीन जना निर्वाचित हुनुभएको छ ।

    गत शुक्रबार सम्पन्न मतदानको परिणामअनुसार खुला महामन्त्री पदमा पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको हो ।

    खुला महामन्त्री पदमा पौडेलले चार हजार १९४ मत प्राप्त गरी सर्वाधिक मतसहित विजयी हुनुभयो । राणाले दुई हजार ३३० मत प्राप्त गर्नुभयो ।

    महिला महामन्त्री पदमा निर्वाचित डा. संग्रौलाले तीन हजार ११८ मत प्राप्त गर्नुभयो । उक्त पदका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गर्नुभयो ।

    खुला महामन्त्री पदका अन्य प्रत्यासीमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुनले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभयो ।

    यसैगरी, उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार