• सोमबार, २६ असोज २०८३
  • images

    स्वास्थ्यमा राजनीति लिगेसी देखिदैन: मन्त्री पौडेल

    स्वास्थ्यमा राजनीति लिगेसी देखिदैन: मन्त्री पौडेल

    सोमबार, असार ३१ २०८१
    सोमबार, असार ३१ २०८१
    स्वास्थ्यमा राजनीति   लिगेसी देखिदैन: मन्त्री पौडेल

    काठमाडौं, ३१ असार । नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको बताएका छन् ।
    उनले त्यही  आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

    पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु भन्दै  त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

    उनले नेपाल सरकारको मन्त्रालय मध्येमा विधि र पद्धति सिकाउने मन्त्रालय स्वास्थ्य भएको भन्दै  यहाँ राजनीतिक लिगेसी पनि नदेखिने बताए ।
    उनले स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु भन्दै मन्त्रालय सुधार्न के गर्न सकिन्छ सल्लाह दिनुहोस् भने ।
    सुटुक्क भन्नुहोला, आफ्नो बुद्धि बिबेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला। यहाँ ठुला कुरा गर्न समस्या होला, तर सानासाना काम गर्छु, नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यता तर्फ लाग्छु मन्त्री पौडेलले भने ।
     सबैको क्यापासिटी लगाउँ, म निर्देशन दिने तिर होइन मिलेर काम गर्ने तिर लाग्छु, साझा उद्देश्य पूरा गर्ने तिर आफ्नो जिम्मेवारी सम्झेर सबै लागौं। मलाई सिकाउनु होला सिकाउनुहोला।’ छलफल कार्यक्रममा उनले भने ।

    सो क्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको बताए । त्यसका लागी मन्त्रालयका सिंगो कर्मचारीले साथ दिने प्रतिवद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार