• सोमबार, २६ असोज २०८३
  • images

    स्वास्थ्य मन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख 

    स्वास्थ्य मन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख 

    बिहीबार , असार १९ २०८२
    बिहीबार , असार १९ २०८२
    स्वास्थ्य मन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख 

    काठमाडौँ, १९ असार । वीर अस्पतालमा उपचाररत स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

    ज्वरो संगै पेट सम्वन्धी समस्या समाधान नभएपछि मन्त्री पौडेललाई गत शुक्रबार बेलुका वीर अस्पताल लगिएको थियो । उहाँको वीर अस्पतालको भीआईपी क्याविनमा उपचार भईरहेको छ ।


    अस्पतालका निर्देशक एवं उपचार टोली संयोजक डा दिलीप शर्माले मन्त्री पौडेलको स्वास्थ्यमा निकै सुधार आएको जानकारी दिदै अब छिटै नै डिस्चार्ज गरिने बताउनुभयो । उहाँले औषधी चलिरहेको छ जानकारी दिदै  छिटै नै डिस्चार्ज गर्ने योजनामा रहेको सुनाउनुभयो । 

    विभागीय मन्त्रीको भर्ना गरी उपचार गर्नु परेपछि वीर अस्पतालले निर्देशक डा शर्माको संयोजकत्वमा विज्ञहरु सम्मिलित चिकित्सकको टोली बनाएको थियो ।

    सो टोलीमा डा मीनचन्द्र अधिकारी, डा ध्रुब गैरे, डा अनिल बराल, रविराम श्रेष्ठ, डा मुकेश शर्मा लगायतका अस्पतालका विभिन्न विभागका विभागीय प्रमुखहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार