• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि ६ जनाको संक्षिप्त सूची

    निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि ६ जनाको संक्षिप्त सूची

    शुक्रबार, साउन १ २०८३
    शुक्रबार, साउन १ २०८३
    निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि ६ जनाको संक्षिप्त सूची

    काठमाडौं, १ साउन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ।

    भूमि व्यवस्था, सहकारी, संघीय मा तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले कार्यकारी निर्देशक छनोट, काम, कर्तव्य, अधिकार, सेवा तथा सुविधा सम्बन्धी विनियमावली, २०७७ बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि संक्षिप्त सूची सार्वजनिक गरेको हो। 

    images

    समितिले असार ३२ गते सूचना प्रकाशित गर्दै छनोटमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको जनाएको छ।

    संक्षिप्त सूचीमा धर्मराज गोसाईँ, प्रा. डा. मोहनचन्द्र रेग्मी, डा. अजयकुमार झा, डा. सुरेश श्रेष्ठ, प्रा. डा. अनुजजङ्ग रायमाझी तथा प्रा. डा. जिवेन्द्र परियार रहनुभएको छ।

    सिफारिस समितिले संक्षिप्त सूचीमा पर्नुभएका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ। उम्मेदवारहरूले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिका साथै व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

    समितिका अनुसार कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ३ गते बिहान १० बजे भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार