• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    पत्रकार विश्वकर्माको मृत्युमा निजामती अस्पतालको लापरबाही छैन: छानबिन समिति

    पत्रकार विश्वकर्माको मृत्युमा निजामती अस्पतालको लापरबाही छैन: छानबिन समिति

    हेल्दीखबर
    बुधबार, माघ २६ २०७८
    हेल्दीखबर
    बुधबार, माघ २६ २०७८
    पत्रकार विश्वकर्माको मृत्युमा निजामती अस्पतालको लापरबाही छैन: छानबिन समिति

    काठमाडौं । पत्रकार एलबी विश्वकर्माको मृत्यु सिभिल सर्भिस हस्पिटलको लापरबाहीले नभएको छानबीन समितिले निष्कर्ष निकालेको छ ।
    अस्पतालको लापरबाहीका कारण पत्रकार विश्वकर्माको मृत्यु भएको आरोप लागेपछि अस्पतालले गत माघ ९ गते अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत सम्मिलित छानबिन समिति गठन गरेको थियो ।Press-scaled-2.jpg
    पत्रकार विश्वकर्मा २५ पुसमा श्वास–प्रश्वासमा समस्या, खोकी, दम, जन्डिस र उच्च ज्वरो (१०४ डिग्री) को समस्या लिएर सिभिल अस्पताल पुगेको र चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्काल आकस्मिक कक्षमा भर्ना हुन सुझाव दिए पनि नमानेर घर गएका थिए ।

    रिपोर्टमा भनिएको छ, ‘स्वास्थ्य अवस्था खराब देखिएपछि भर्ना हुन भनिएको थियो । फोक्सो, कलेजो र मुटुको चिकित्सकलाई जाँच गराउनसमेत सुझाव दिइएको थियो ।’ तर, बिरामी भर्ना नभई घर गएको आकस्मिक कार्डले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

    images

    समितिले उक्त रिपोर्ट श्रमजीवी पत्रकार संघ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।
    स्वास्थ्यमा समस्या देखिएपछि पत्रकार विश्वकर्मा ५ माघ राति उपचारका लागि सिभिल अस्पताल पुगेको रिपोर्टमा उल्लेख छ ।

    अस्पतालले बिरामीप्रति गर्ने सेवामा कुनै कसर बाँकी नराखी उपचार गरेको र अन्यत्र पठाउन सम्पूर्ण स्वास्थ्य सुरक्षा पूरा गरी पठाएको रिपोर्टमा उल्लेख छ । तर, सिभिल अस्पतालबाट रिफर भएका विश्वकर्माको सोही राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार