काठमाडौँ, ६ माघ । पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । करिव एक सातादेखि सामान्य विरामी रहेका पत्रकार विश्वकर्मालाई स्वास प्रस्वासमा समस्या देखिएपछि नयाँ वानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
तर सो अस्तालले गेटबाटै फर्काइदिएपछि तत्काल पाटन अस्पताल लगेर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।
पत्रकार विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्ने युवा लेखकका रुपमा परिचय बनाएका थिए ।