• सोमबार, १५ भदौ २०८३
  • images

    टिचिङ अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार र हाउस अफिसर

    टिचिङ अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार र हाउस अफिसर

    मंगलबार, वैशाख २९ २०८३
    मंगलबार, वैशाख २९ २०८३
    टिचिङ अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार र हाउस अफिसर

    काठमाडौं, २९ वैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा करार सेवाका लागि आवेदन खुला गरेको छ। 

    अस्पतालको कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै क्लिनिकल रजिस्ट्रार  तथा हाउस अफिसर पदमा आवेदन मागेको हो।
    अस्पतालका अनुसार यसअघि प्रकाशित सूचनाअनुसार न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूबाट पर्याप्त आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरिएको हो। इच्छुक नेपाली नागरिकले २०८३ जेठ ४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
    सूचनाअनुसार क्लिनिकल रजिस्ट्रार (एनेस्थेसियोलोजी), क्लिनिकल रजिस्ट्रार (क्रिटिकल केयर मेडिसिन), क्लिनिकल रजिस्ट्रार (जनरल प्राक्टिस), क्लिनिकल रजिस्ट्रार (इमरजेन्सी मेडिसिन), हाउस अफिसर (क्लिनिकल विभाग) र हाउस अफिसर (डेन्टल) पदमा भर्ना गरिनेछ।
    क्लिनिकल रजिस्ट्रारका लागि सम्बन्धित विषयमा एमडी/एमएस वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने हाउस अफिसर पदका लागि एमबीबीएस वा बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने उल्लेख गरिएको छ।
    अस्पतालले एसएलसीदेखि उच्च तहसम्मका शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र तथा विदेशमा अध्ययन गरेकाहरूका लागि इक्विभ्यालेन्स प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्ने जनाएको छ।
    आवेदन शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ। लिखित तथा अन्तर्वार्तामार्फत छनोट गरिने क्लिनिकल रजिस्ट्रारको परीक्षा जेठ १०  गते सञ्चालन हुनेछ । हाउस अफिसर पदमा लिखित परीक्षा मात्र हुने जनाइएको छ। थप विवरण अस्पतालको वेबसाइटमार्फत सार्वजनिक गरिने अस्पताल प्रशासनले जनाएको छ।
    हेरौं सूचना

    Screenshot_20260512_054901_Chrome.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार