• आइतबार, १४ भदौ २०८३
  • images

    रोकिएन मन्त्रालय तानिने प्रवृत्ति, ढकाल पछि भट्टराईलाई तानियो मन्त्रालय

    रोकिएन मन्त्रालय तानिने प्रवृत्ति, ढकाल पछि भट्टराईलाई तानियो मन्त्रालय

    शुक्रबार, वैशाख ४ २०८३
    शुक्रबार, वैशाख ४ २०८३
    रोकिएन मन्त्रालय तानिने प्रवृत्ति, ढकाल पछि भट्टराईलाई तानियो मन्त्रालय

    काठमाडौं, ४ बैशाख। राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। 

    स्वास्थ्य मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई मन्त्रालयमा तानिएको हो।

    यसअघि पनि मन्त्रालयले औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई कामकाजमै रहने गरी मन्त्रालय तान्ने निर्णय गरेको थियो।

     औषधीको मूल्यवृद्धिसम्बन्धी विषयमा ढकाल विवादमा पर्नुभएपछि उहाँलाई मन्त्रालयमा तानिएको हो ।

    भट्टराई मन्त्रालय तानिएसँगै प्रयोगशालाको निमित्त महानिर्देशकको जिम्मेवारी दशौं तहकी शिवानी खड्गीलाई दिइएको छ। 

    एघारौं तहका भट्टराईलाई छाडेर दशौं तहकी खड्गीलाई निमित्त जिम्मेवारी दिइएको विषयमा केही सञ्चारमाध्यमले मन्त्री मेहताको निर्णयप्रति आलोचना गरेका छन्। 
    मन्त्रालयका अनुसार भट्टराईमाथि ‘मिडिया ट्रायल’ गरिएको आरोप लाग्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार