• आइतबार, १ कात्तिक २०८३
  • images

    कर्णाली स्वास्थ्य प्रतिष्ठानका रजिस्ट्रार महतलाई कामकाज गराउन सर्वोच्चको अन्तरिम आदेश

    कर्णाली स्वास्थ्य प्रतिष्ठानका रजिस्ट्रार महतलाई कामकाज गराउन सर्वोच्चको अन्तरिम आदेश

    सोमबार, मंसिर २२ २०८२
    सोमबार, मंसिर २२ २०८२
    कर्णाली स्वास्थ्य प्रतिष्ठानका रजिस्ट्रार महतलाई कामकाज गराउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ, २२ मंसिर । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा नियुक्त भएका लक्ष्मीचन्द्र महतलाई कामकाज गर्न दिने अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्च अदालतको आदेशसँगै महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रारका रूपमा कामकाज गर्न बाटो खुलेको छ ।

    images

    सरकारले आफूलाई नियुक्त गरेपछि पनि तीन महिनासम्म पदीय कामकाज गर्न नदिइएको भन्दै महतले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

    न्यायाधीश शारंग सुबेदीको एकल इजलासले जारी गरेको आदेशमा प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्य मन्त्रीको २०८२ भदौ १३ गतेको निर्णयानुसार महतलाई रजिस्टारको सबै कामकाज गर्न दिन र कुनै प्रकारको अवरोध नगर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार