• आइतबार, १४ भदौ २०८३
  • images

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति उत्पादनका विषयमा स्वास्थ्य मन्त्री र प्रतिष्ठानका पदाधिकारीबीच छलफल

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति उत्पादनका विषयमा स्वास्थ्य मन्त्री र प्रतिष्ठानका पदाधिकारीबीच छलफल

    मन्त्री डा.शर्माद्वारा प्रतिष्ठान अनुगमन 

    मंगलबार, मंसिर १६ २०८२
    मंगलबार, मंसिर १६ २०८२
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति उत्पादनका विषयमा स्वास्थ्य मन्त्री र प्रतिष्ठानका पदाधिकारीबीच छलफल

    काठमाडौँ, १६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री  डा सुधा शर्मा गौतमले  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । 

    यस्तै प्रतिष्ठानमा आवस्यक जनशक्ति उत्पादन लगायतको विषयमा पनि प्रतिष्ठानका पदाधिकारीहरुसंग छलफल भएको थियो । 

    अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री डा शर्माले प्रतिष्ठानका पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।

    उहाँले प्रतिष्ठानको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आन्तरिक व्यवस्थापनलाई सुदृढ गर्ने विषयमा छलफल गर्नुभएको थियो ।

    उहाँले सिनेटको बैठकको तयारी लगायतका विषयहरूमा छलफल गर्नुभयो । 

    उहाँले आम सेवाग्राहीका गुनासोहरू समयमै सम्बोधन गर्ने गरी कान गर्न प्रष्ठानलाई आवश्यक निर्देशन दिनुभयो । 
    उक्त छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटा समेत सहभागि हुनुहुन्थ्यो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार