• बिहीबार , २९ असोज २०८३
  • images
    images

    डाक्टर अरुण कार्कीको निधन 

    डाक्टर अरुण कार्कीको निधन 

    बिहीबार , मंसिर ४ २०८२
    बिहीबार , मंसिर ४ २०८२
    डाक्टर अरुण कार्कीको निधन 

    काठमाडौं, ४ मंसिर । डाक्टर अरुण कार्कीको निधन भएको छ । 

    दोलखा जिल्लाको मेलुङ गाउँपालिका ७ का ४३ वर्षीय अरुण कार्कीको मकालु बेस क्याम्प नजिकै मृत्यु भएको हो ।

    images

    उहाँ मंसिर १ गते मकालु बेस क्याम्प घुम्न जानुभएको थियो । डा. कार्कीको मकालु बेस क्याम्प  उच्च हिमाली क्षेत्र नजिकै पुगेपछि  स्वास्थ्यमा अचानक समस्या आएको थियो ।

    स्वास्थ्यमा समस्या आएपछि डा कार्कीलाई हेलिकप्टर बाट उद्दार गरिएको थियो ।

     जिल्ला प्रहरी कार्यालय संखुवासभाले कार्कीको मृत्यु भएको जानकारी दिएको छ।

    घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्याल नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरमार्फत मृतकको शव उद्धार गरी संखुवासभाबाट काठमाडौं पठाएको थियो।

    पोस्टमार्टमका लागि शव सोही हेलिकप्टरमार्फत भक्तपुरस्थित केएमसी अस्पताल दुवाकोट लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

    उहाँको मृत्युपछि विभिन्न संघ सस्थाले समवेदना प्रकट व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार