काठमाडौं, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल कर्मचारीको सरुवा प्रक्रिया अगाडी नबढाउने निर्णय गरेको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मीको सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
मन्त्रालयले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको हो।
हाल अत्यावश्यक सेवा प्रवाहसँग सम्बन्धित कामबाहेक अन्य प्रशासनिक प्रक्रिया अर्को सूचना जारी नहुँदासम्म अघि नबढाइने मन्त्रालयले जनाएको छ।
“यसबाट पर्न जाने असुविधाप्रति मन्त्रालय क्षमा चाहन्छ,” मन्त्रालयका शाखा अधिकृत अपिल पन्तद्वारा जारी सूचनामा उल्लेख छ।
हेरौं सूचना: