प्रतिष्ठानको विकासमा लाग्ने प्रतिबद्धता
ललितपुर, २९ साउन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धि प्रसाद पौडेलले पदबहाली गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथ लिएपछि प्राडा .पौडेलले बिहिबार (आज) साँझ प्रतिष्ठान पुगेर पदबहाली गर्नुभएको हो ।
पदबहालीका क्रममा प्राडा. पौडेलले आफ्नो कार्यकालमा प्रतिष्ठानलाई नयाँ उचाइमा पु¥याउने बताउनुभयो । उहाँले प्रतिष्ठानको विकासको लागि इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उपकुलपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायत सर्च कमिटिका सदस्य स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा राष्ट्यि योजना आयोगका सदस्य प्राडा. आरपी बिच्छालाई पनि धन्यवाद दिनुभयो ।
प्राडा. पौडेल वरिष्ठ बाथरोग विशेषज्ञ हुनुहुन्छ ।
प्राडा. पौडेल सीएमए (अहेव)देखि चिकित्सा शिक्षाको उच्च तहसम्म अध्ययन र अध्यापन हुने संस्थाको नेतृत्वसम्म पुग्न सफल हुनुभएको छ ।

२०४३ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत पाल्पाको तानसेनस्थित सीएमए क्याम्पसबाट १२ महिने सीएमए तालिम पूरा गरेर २०४७ मा महाराजगञ्ज मेडिकल क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए( गर्नुभएको थियो ।
२०५० सालमा महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबिबिएस भर्ना भएका उहाँले २०५५ मा गोल्डमेडलसहित एमबिबिएस पास गर्नुभएको थियो ।