भक्तपुर, २८ साउन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शहीद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रलाई छुट्टै प्रतिष्ठान बनाउनुपर्ने बताउनुभएको छ ।
शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रले विश्व अङ्गदान दिवसको अवसरमाआयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले प्रत्यारोपण केन्द्रलाई छुट्टै प्रतिष्ठान बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रत्यारोपण केन्द्रलाई छुट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने पक्षमा आफू रहेको बताउनुभयो ।
यस्तै क्यान्सरको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने उहाँको भनाइ छ। प्रतिष्ठान बनाउन गाह्रो छैन । अहिले १४ प्रतिष्ठान आवस्यक छन् तर हाल ८ वटा मात्रै प्रतिष्ठान रहेका छन् । केही वर्षमा २१ प्रतिष्ठान पुर्याउनुपर्छ,उहाँले भन्नुभयो ।
मन्त्री पौडेलले खर्च घटाउन प्रतिष्ठान सम्बन्धि एकीकृत ऐन ल्याइएको प्रष्ट गर्नुभयो।
सो अवसरमा मन्त्री पौडेलले आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेको बताउनुभयो ।
मन्त्री पौडेलले अंग प्रत्यारोपणका निति नियमलाइ खुकुलो बनाउनुदै लैजानुपर्नेमा जोड दिदै दुरुपयोग नहुने गरि कानुन परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भारतमा पनि खुलेआम अंग बेचबिखन भएपछी भारतले प्रतिबन्ध लगाएको प्रसङ्ग सुनाउनुभयो ।
अङ्गदानमा चेतना विस्तार गर्नुपर्दछ मन्त्री पौडेलले भन्नुभयो," अंग आवस्यक परेकालाइ कति लाभ हुन्छ भन्नेसोच्नुपर्दछ र त्यही अनुसार अङ्ग प्रत्यारोपण सम्बन्धि कानुन परिवर्तन गर्नुपर्दछ ।"
स्वास्थ्य बिमासंग बिपन्न नागरिक कार्यक्रम पनि जोडीयो भने प्रत्यारोपण सुबिधा ९ लाख पुग्ने उहाँको भनाइ छ ।
स्वास्थ बिमाबाट जटिल रोगमा राज्यले सुविधा थप्दै जान्छ,उहाँले भन्नुभयो,"अंगदान दिने दातालाइ पनि निशुल्क बिमा गरिनुपर्दछ ।"
सबै संघीय अस्पताललाई ५०० बेड बनाउने उहाँको भनाइ छ। अहिलेको तुलनामा संघीय अस्पतालको क्षमता तीन गुना बढाउने बताउनुभयो ।
बिरामी बढ्नु राम्रो होइन ,उहाँले भन्नुभयो," सरकारी अस्पतालमा सेवा राम्रो हुन्छ भनेर बिरामीको भिड लाग्ने गरेको छ।"
यो वर्ष भक्तपुर क्यान्सर अस्पतालमा पेटस्कानको ब्यबस्था गरिने र त्यसको लागि बजेट सुनिश्चित भइसकेको बताउनुभयो ।
कार्यक्रममा सहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विगतको तुलनामा अंगदानमा सुधार भएको बताउनुभयो । उहाँले अस्पतालले बिरामीको भार थेग्न मुस्किल भएको बताउनुभयो ।
भक्तपुरका संघीय साम्सद दुर्लभ थापाले अङ्गदान सबैभन्दा ठुलो दान भएको बताउनुभयो । अंग जोगाउनतर्फ पनि लाग्नुपर्ने उहाँको भनाइ छ । सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा बिरामीको भिड लाग्ने गरेको छ,थापाले भन्नुभयो," चाडाे पालो आइदिए हुन्थ्यो भन्ने धेरै आउछन् । केन्द्रलाई अझ ब्यबस्थित रुपमा अगाडी बढाउनु पर्दछ । प्रत्यारोपण केन्द्रलाइ अझ सजिलो संग संचालन सकिने उहाँको भनाइ छ ।
सासद प्रेम सुवालले प्रत्यारोपण केन्द्रको क्षमता विकास गर्नका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।
स्वास्थ्यको जनशक्ति दुई हजारले पुग्दैन, १० हजार जनशक्तिको आवस्यकता रहेको उहाँको भनाइ छ ।