वैज्ञानिकले मानव शरीरमा एउटा नयाँ अंग फेला पारेको छ । वास्तवमा यी कोसिका हुन् तर यसले काम भने अंगले झैँ गर्छ । यो मानिसको फोक्सोभित्र भएको पातलो र निकै नाजुक शाखामा पाइन्छ । यसको मुख्य काम श्वास प्रणालीलाई दुरुस्त राख्नु हो । यसको मद्दतले धुम्रपान सम्बन्धि रोगबाट मानिसलाई जोगाउन सक्ने वा निको पार्न सक्ने वैज्ञानिकले आशा राखेका छन् । यो नयाँ अंग अर्थात् कोसिकालाई रोचक नाम दिइएको छ । यसको नाम हो रेस्पिरेटरी एयरवे सेक्रेटरी ९आरएएस० हो । यो फोक्सोभित्र भएको नसाको शाखा ब्रोन्काइल्समा पाइन्छ । यसको सम्बन्ध एल्वियोलीसँग पनि रहन्छ । एल्वियोली त्यो अंग हो जुन रगतभित्र अक्सिजन र कार्बन डाइअक्साइडको आदान–प्रदान गर्छ । आरएएस कोसिका कुनै स्टेम सेल्सजस्तै हुन्छ । यसलाई ब्ल्याक क्यानभास कोसिका भनिन्छ किनभने यो शरीरभित्र कुनै प्रकारको नयाँ अंग वा कोसिकाको पहिचान गर्छ । यो क्षतिग्रस्त एल्वियोलीलाई सुधार्छ । नयाँ एल्वियोलीले कोसिकाको निर्माण गर्छ ताकि रगतमा ग्यासको प्रवाह सही बनिरहोस् ।
एजेन्सी