• शुक्रबार, ३० असोज २०८३
  • images

    पूर्व स्वास्थ्य राज्यमन्त्रीकाे निधन

    पूर्व स्वास्थ्य राज्यमन्त्रीकाे निधन

    शुक्रबार, साउन २३ २०८२
    शुक्रबार, साउन २३ २०८२
    पूर्व स्वास्थ्य राज्यमन्त्रीकाे निधन

    काठमाडौँ, २३  साउन ।  पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ। 

    लामो समयदेखि क्यान्सरबाट पीडित  बस्यालको  बिहान ८:५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।

    images

    वि.सं. २००८ माघ १५ गते जन्मिएका बस्याल नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधान सभा सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति हुनुहुन्थ्यो ।

     उहाँले नेपाली कांग्रेस र यसको भ्रातृ संगठनहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी संगठन विस्तार तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो ।

    नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

     देउवाले श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभएको छ, “स्वर्गीय बस्यालले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु!´

    प्रतिक्रिया दिनुहोस
    थप समाचार