• बिहीबार , २९ असोज २०८३
  • images
    images

    विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा तोडियो रेकर्ड, ९१.८२ प्रतिशत पास

    विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा तोडियो रेकर्ड, ९१.८२ प्रतिशत पास

    सोमबार, साउन १९ २०८२
    सोमबार, साउन १९ २०८२
    विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा तोडियो रेकर्ड, ९१.८२ प्रतिशत पास

    काठमाडौँ, १९ साउन ।  नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा रेकर्ड तोडिएको छ । 

    काउन्सिलले गत १५ र १६ साउनमा लिएको विशेषज्ञ चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम) मा नयाँ रेडर्क तोडिएको हो । 

    images


    काउन्सिलका अनुसार यसपटक परीक्षामा सहभागीमध्ये ९१.८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।


    यो गतवर्ष साउनमा लिइएको परीक्षाको नतिजा भन्दा ०. ३७ प्रतिशतले बढी हो । 

     यसपटकको नतिजाले गतवर्षको रेकर्ड तोड्दै ‘ऐतिहासिक रेकर्ड’ कायम गरेको हो ।

    काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवले परीक्षाका लागि कुल एक हजार ७९ जनाले फारम भरे पनि एक हजार ७६ जना सहभागी रहेकोमा ९९८ जना अथात् ९१.८२ प्रतिशत उत्तीर्ण भएको बताउनुभयो । उहाँका अनुसार ४ जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
     यसपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

    गतवर्ष साउनको १७ र १८ गते लिइएको परीक्षामा ९१.४५ प्रतिशत उत्तीर्ण हुँदा चिकित्सा वर्गमा ठूलो चर्चाको विषय भएको थियो । यस पटक त्यसलाई समेत उछिनेर ९१.८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    काउन्सिलका अध्यक्ष प्राडा. चोपलाल भुसालले साउनमा परीक्षा दिनेहरु भर्खरै पास आउट भएका हुनाले धेरै उत्तिर्ण भएको हुनसक्ने बताउनुभयो । अध्यक्ष प्राडा भुसालले विज्ञ टोलीले तयार गरेको सिस्टमबाट प्रश्न सोधिने जानकारी दिदै फ्रेस विद्यार्थीका लागि प्रश्न सजिलो भएर बढी विद्यार्थी पास भएको हुनसक्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार