काठमाडौं, १३ साउन । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसे नियुक्त हुनुभएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक रहनुभएका डा चालिसेलाई चार वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
डा चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
निमित्त निर्देशकका रुपमा डा चालिसेले अस्पतालमा विभिन्न सुधार गर्नुकासाथै सेवालाई बढाइरहनुभएको छ ।