• आइतबार, २ कात्तिक २०८३
  • images

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट तीन अर्ब १९ करोड

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट तीन अर्ब १९ करोड

    मंगलबार, असार ३१ २०८२
    मंगलबार, असार ३१ २०८२
    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट तीन अर्ब १९ करोड

    काठमाडौँ, ३१ असार । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको  १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा  भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो। 

    images

    कुलपति ओलीले बेरुजु फस्र्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो। 

    कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय ९प्रतिष्ठान०ले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रमजारी रहेको छ।   

    प्रतिक्रिया दिनुहोस
    थप समाचार