• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मस्तिष्क मृत व्यक्तिबाट एकैपटक कलेजो र मिर्गौला प्रत्यारोपण गराएका महर्जन सकुशल डिस्चार्ज

    मस्तिष्क मृत व्यक्तिबाट एकैपटक कलेजो र मिर्गौला प्रत्यारोपण गराएका महर्जन सकुशल डिस्चार्ज

    नयाँ जिवन पाएः महर्जन

    सोमबार, जेठ १९ २०८२
    सोमबार, जेठ १९ २०८२
    मस्तिष्क मृत व्यक्तिबाट एकैपटक कलेजो र मिर्गौला प्रत्यारोपण गराएका महर्जन सकुशल डिस्चार्ज

    भक्तपुर, १९ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्ष्तिक मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण गराउनुभएका ५० वर्षिय शिव महर्जन १९ औँ दिनमा सकुशल डिस्चार्ज हुनुभएको छ । 

    shiva maharjan liver and kidney transplant.jpg
    undefined

    आज अस्पतालले एक कार्यक्रमबीच १९ औँ दिनमा महर्जनलाई पूर्ण स्वास्थ्य लाभ गरी सोमबार डिस्चार्ज दिएको हो । महर्जनले मस्तिष्क मृत्युबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई १८ वर्षिय मष्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो परिवारको सहमतिमा प्रत्यारोपण गरिएको थियो । 

    images

    मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने फूलमाया नेपाली गत जेठ  १४ गते डिस्चार्ज भइसक्नुभएको छ । उहाँलाई १८ वर्षीय मस्तिष्क मृत व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको थियो । 
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालकै प्रत्यारोपणविदहरुबाट  पहिलो पटक कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । 

    press (2).jpg
    undefined


    नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एक व्यक्तिलाई मिर्गौला र कलेजो र अर्का एक व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । 
    मिर्गौला र कलेजो दुवै एकैपटक प्रत्यारोपण गर्नुभएका शिव महर्जनले नेपालमा चिकित्सा क्षेत्रमा पहिलो पटक मिर्गौला र कलेजो दुवै फेल भएर प्रत्यारोपण गरेर नयाँ जिवन पाउन सफल भएको बताउनुभयो। 
    मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो र मिर्गौला प्रत्यारोपणको नेतृत्व शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले गर्नुभएको थियो । यस्तै नेफ्रोलोजी विभाग प्रमुख डा कल्पना कुमारी श्रेष्ठ, युरोलोजी विभाग प्रमुख डा दिपेश श्रेष्ष्ठ, एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा आरती राई, प्याथोलोजी विभाग प्रमुख डा सबिना श्रेष्ठ, रेडियोलोजी विभाग प्रमुख डा कृष्ण बुढाथोकी, कार्डिायोलोजी विभाग प्रमुख डा प्रवेश न्यौपाने, तथा नर्सिङ्ग निर्देशक पुजा कोइरालाको टोलीले उक्त कार्य सम्पन्न गरेको थियो । यसै गरी विभिन्न अस्पतालबाट प्रत्यारोपण सर्जन डा. रोशन घिमिरे, सघन उपचार विशेषज्ञ डा सुवास आचार्य र इन्टरभेन्सन रेडियोलोजीष्ट डा. दिनेश चटौत तथा कलेजो प्रत्यारोपण फिजिसियन डा शेखर पौड्यालले सघाउनु भएको थियो ।   

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार