काठमाडौं,१७ वैशाख । नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त हुनुभएको छ।
उहाँ दोश्रो कार्यकालको लागि फार्मेसी काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको हो ।
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष हुनुहुन्थ्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई थप चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो ।
यसअघि उहाँलाई २०७७ साल चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो । विगत २२ बर्षदेखि औषधी उत्पादन तथा अध्यापनमा सक्रिय पाण्डे लोमस फर्मासिटीका कार्यकारी निर्देशक हुनुहुन्छ । त्यो बेला पनि पाण्डेलाई ४ वर्षका लागि सरकारले नियुक्त गरेको थियो।