काठमाडौँ, २१ चैत । अदालतले चिकित्सा शिक्षा स्नातकोत्तर तहमा सिट घटाएर म्याचिङ प्रक्रिया अघि बढाएको चिकित्सा शिक्षा आयोगलाई उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
आज सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगले सुरु गरेको अपूर्ण सिटको पीजी म्याचिङ प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
आयोगको उक्त कदम विरुद्ध डा सुजन न्यौपाने सहित १४ जना विद्यार्थीले बुधबार सर्बोच्च अदालतलमा रिट दायर गर्नुभएको थियो ।
सो रिट माथि आज सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आयोगका नाममा कारण देखाउ आदेश जारी गर्नुभएको हो । यस्तै म्याचिङ सम्वन्धी कार्य रोक्न अन्तरिम आदेश माग गरेको विषयलाई थप छलफल गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न आगामी २६ चैतका दिन दुबै पक्षलाई बोलाएको छ । निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकराव पछि आयोगले १४९६ बाट ो सिट संख्या घटाएर ६७० मा झारेको थियो ।
यसअघि आयोगले १७ औँ बैठकले थप गरेको २३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै एक हजार ४९६ सिट तोकिएको थियो ।