• आइतबार, १४ भदौ २०८३
  • images

    आइतबारदेखि चिकित्सा शिक्षा तर्फको स्नातक तहको म्याचिङ प्रक्रिया सुरु हुने

    आइतबारदेखि चिकित्सा शिक्षा तर्फको स्नातक तहको म्याचिङ प्रक्रिया सुरु हुने

    शुक्रबार, भदौ ११ २०७८
    शुक्रबार, भदौ ११ २०७८
    आइतबारदेखि चिकित्सा शिक्षा तर्फको स्नातक तहको म्याचिङ प्रक्रिया सुरु हुने


    काठमाडौं । चिकित्सा शिक्षा तर्फको स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि हुने भएको छ। चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबिबिएस, बिडिएस लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार देखि म्याचिङ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
    आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले आइतबार म्याचिङ सम्बन्धि सूचना प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । ‘आइतबारदेखि म्याचिङको प्रक्रिया सुरुहुने सम्भावना छ, एमबिबिएस, बिडिएस लगायत सबै विषयको एकैपटक प्रक्रिया सुरुहुनसक्छ।’ आयोगले साउन ९ देखि  १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा लिएको थियो। प्रवेश परीक्षाको नजिता तथा पुनर्योगको नजिता समेत सार्वजनिक गरिसकेको छ। म्याचिङ सुरुभएसँगै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार