• शुक्रबार, ३० असोज २०८३
  • images

    ओखलढुंगाका सफल व्यवसायी अनन्त पौडेलको निधन 

    ओखलढुंगाका सफल व्यवसायी अनन्त पौडेलको निधन 

    बिहीबार , चैत १४ २०८१
    बिहीबार , चैत १४ २०८१
    ओखलढुंगाका सफल व्यवसायी अनन्त पौडेलको निधन 

    काठमाडौं, १४ चैत । ओखलढुंगाका सफल युवा व्यवसायी अनन्त पौडेलको निधन भएको छ ।
      ४२ वषिय पौडेलको उपचारका क्रममा आज दिउँसो २ बजे ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

    ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजका अध्यक्ष  पौडेल लामो समयदेखि मिर्गौला  रोगबाट पीडित हुनुहुन्थ्यो  । उहाँको केही महिना अघि मात्र भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर प्रत्यारोपण सफल हुन सकेन । मिर्गौलामा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।
    पौडेल  सामुदायिक सशक्तीकरण तथा खेलकुद बिकास केन्द्र नरेफाटका आजीवन सदस्य समेत हुनुहुन्थ्यो ।
     उहाँको  पत्नी दुई छोरी र एक छोरा हुनुहुन्छ ।
    आजै पशुपति आर्यघाटमा पौडेलको अन्त्येष्टि गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार