• आइतबार, १४ भदौ २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास आचार्य नियुक्त 

    त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास आचार्य नियुक्त 

    क्याम्पस प्रमुखमा डा उप्रेती

    बिहीबार , माघ २४ २०८१
    बिहीबार , माघ २४ २०८१
    त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास आचार्य नियुक्त 

    काठमाडौं २४ माघ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य नियुक्त हुनुभएको छ ।

    त्रिवि सेवा आयोगले डा आचार्यलाई  चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    यसअघि नाम सिफारिस गर्न गठित छनौट समितिले बुधबार प्राडा आचार्यसहित चार जनाको अन्तर्वार्ता लिएको थियो ।

    छनोट समितिले दिएको सिफारिसका आधारमा डा. आचार्यलाई शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

    डा आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । निर्देशक डा. आचार्यले आफुले त्रिवि शिक्षण अस्पताललाई सुधार गरेर अघि बढाउने बताउनुभयो ।

    यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा सुरेश उप्रेती नियुक्त हुनुभएको छ ।
    उहाँ यसअघि सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।  उहाँले केही समय निमित्तका रुपमा पनि जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    समितिले प्राडा उप्रेती सहित पाँच जनालाई गत मंगलबार अन्तर्वार्ताका लागि बोलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार