• शुक्रबार, ३० असोज २०८३
  • images

    विश्वकै वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

    विश्वकै वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

    आइतबार, पुस २१ २०८१
    आइतबार, पुस २१ २०८१
    विश्वकै वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

    काठमाडौँ, २१ पुस । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ।  उनको  ११६ वर्षको उमेरमा शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ होममा निधन भएको आशियाका मेयरले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्।

    images


    गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो।


    त्यतिबेला संसारकै वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि इटोका सबैभन्दा वृद्ध घोषित भएकी थिइन्।

    सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी थिए। पछिल्लो समय उनको खानामा केरा र क्याल्पिस (दुधजन्य सफ्ट ड्रिङ्क) हुने गर्दथ्यो ।

    सन् १९७९ मा उनको श्रीमानको निधन भएको थियो।

    अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको बिबिसीले उल्लेख गरेको छ।
    जापानमा बृद्ध उमेरका मानिसहरुको संख्या ठूलो छ ।

    गत सेप्टेम्बरमा सार्वजनिक भएको जनगणना प्रतिवेदनमा जापानको कुल १२ करोड ४० लाख जनसंख्या मध्ये एक तिहाईको उमेर ६५ वर्ष माथि छ । त्यहाँ अहिले १०० वर्ष उमेर माथिका ९५ हजार नागरिक छन् । जसमा अधिकांश महिला रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इटोकाको निधन पछि उनी भन्दा १६ दिनपछि जन्मिएकी ब्राजिलियन नन इनाह क्यानाबारो लुकास अहिले विश्वको सबैभन्दा वृद्ध व्यक्ति मानिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार