विराटनगर ६ मंसिर । कोशी प्रदेश सरकारले स्वास्थ्य सम्बन्धि छुट्टै ऐन बनाउने भएको छ ।
प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने भन्दै छुट्टै ऐन निर्माण गर्ने भएको हो ।
बुधवार बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन भन्दै छुट्टै ऐन बनाउनको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता भूपेन्द्र राइले कोशीमा स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन छुट्टै ऐनको आवस्यक रहेकोले सैद्धान्तिक सहमति प्रदान गरेको जानकारी दिए ।
प्रदेश सरकारले आयुर्वेद चिकित्सा तथा जडीबुटी सेवा शिक्षा तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्य योजना तर्जुमा कार्यदलको समय एक महिना थप गर्ने निर्णय गरेको छ। तोकिएको समयमा काम नसकिएको भन्दै सरकारले कार्यदलको समय थप गरेको हो ।