• आइतबार, २ कात्तिक २०८३
  • images

    डेङ्गी नियन्त्रणका लागि २४ घण्टे हटलाइन सेवा सुरु

    डेङ्गी नियन्त्रणका लागि २४ घण्टे हटलाइन सेवा सुरु

    बुधबार, साउन १६ २०८१
    बुधबार, साउन १६ २०८१
    डेङ्गी नियन्त्रणका लागि २४ घण्टे हटलाइन सेवा सुरु

    काठमाडौँ, १६ साउन । काठमाडौं महानगरपालिकाले विपद् र डेङ्गी नियन्त्रण गर्न २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । 
    मंगलबारदेखि सेवा सुरु गरेको मेयर बालेन साहले जानकारी दिएका छन् ।

    यसअघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।

    images

    महानगरको स्वास्थ्य सेवा विभागबाट डेङ्गी, हैजालगायतका रोगको उपचारका लागि परामर्श सेवा तथा समन्वय हुने बताइएको छ । त्यस्तै नियमित बर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् ।

    सेवाका लागि महानगरले तीन वटा नम्बर उपलब्ध गराएको छ । कार्यालय समयमा १६६००१०५५१ मा फोन गर्न सकिन्छ । त्यस्तै हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिन्छ । 

    कार्यालय समय भन्दा अन्य समयमा ११८० मा फोन गरी प्राप्त निर्देशनपछि ९ थिच्नुपर्छ । स्वास्थ्यकर्मीले फोन उठाएपछि आफ्नो समस्या राख्न सकिने महानगरले जनाएको छ । एकैपटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेङ्गी हुन सक्छ । तारन्तार पातलो दिशा भइरहेमा हैजा हुन सक्छ ।

    यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार