• आइतबार, १४ भदौ २०८३
  • images

    काठमाडौंमा फोहोरको व्यवस्थापन नहुँदा बढ्यो दुर्घन्ध

    काठमाडौंमा फोहोरको व्यवस्थापन नहुँदा बढ्यो दुर्घन्ध

    मंगलबार, साउन ५ २०७८
    मंगलबार, साउन ५ २०७८
    काठमाडौंमा फोहोरको व्यवस्थापन नहुँदा बढ्यो दुर्घन्ध


     काठमाडौं, श्रावण ०५
    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको छ । जसका कारण एक सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन्। फोहोर उठ्दा दुर्घन्ध बढेको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो। पछिल्लो केही समयदेखि यस्तो समस्या पटक–पटक आएको छ।  काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख  हरिकुमार श्रेष्ठले सिसडोल ल्यान्डफिल साइट भरिएपछि फोहोर व्यवस्थापनमा समस्या देखिएको बताउनुभएको छ । 
    सिसडोलमा फोहोर व्यवस्थापमा बेला बेला समस्या आउने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि पनि काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । यसको दीर्घकालीन समाधानका लागि बन्चरेडाँडामा ल्यान्डफिल साइट बनिरहेको छ। दशैंसम्म बन्चरेडाँडामा ल्यान्डफिल साइट बन्नसक्ने अवस्था समेत रहेको वातावरण विभागले जनाएको छ। फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएर छलफल गरेको थियो।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार