• शनिबार, १ कात्तिक २०८३
  • images

    आजबाट काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

    आजबाट काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

    हेल्दीखबर
    शनिबार, असोज १ २०७९
    हेल्दीखबर
    शनिबार, असोज १ २०७९
    आजबाट काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।
    महानगरका नगरप्रमुख बालेन्द्र साहको पहलमा महानगरभित्रका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको हो।  महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो।  सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।

    अब महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

    images

    महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार