• सोमबार, २६ असोज २०८३
  • images

    प्रधानमन्त्री ओली र डा. सन्दुक रुइतबीच भेट, स्वास्थ्य क्षेत्र सुधारबारे छलफल 

    प्रधानमन्त्री ओली र डा. सन्दुक रुइतबीच भेट, स्वास्थ्य क्षेत्र सुधारबारे छलफल 

    शुक्रबार, साउन ११ २०८१
    शुक्रबार, साउन ११ २०८१
    प्रधानमन्त्री ओली र डा. सन्दुक रुइतबीच भेट, स्वास्थ्य क्षेत्र सुधारबारे छलफल 

    काठमाडौँ, ११ साउन । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । बिहिबार उनले प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री ओलीलाई आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भनेर योजना समेत सुनाए ।

    त्यसअघि उनले आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको अनुभव समेत सुनाएका थिए ।

    प्रधानमन्त्री ओलीले डा. रुइतसंगको भेट र कुराकानीबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले भनेका छन्, ‘बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनु भएका डा सन्दुक रुइतसंग आज धेरै बेर कुरा भयो । आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा महसुस भयो ।’

    डा. रुइत नेपालसंगै अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्यातिप्राप्त चिकित्सक हुन् । उनले आँखा क्षेत्रमा पुरयाएको योगदान भन्दै थुप्रो राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार