जुम्ला, ८ साउन । जुम्लामा एकैघरका दिदिबहिनीको निधन भएको छ ।
१२ दिनको सुत्केरी दिदि र उनलाई कुर्न सुतेकी बहिनीको निधन भएको हो । जुम्लाको चन्दननाथ नगरपालिका कालेखोलीस्थित कोठामा सुतेको अवस्थामा निसास्सिएका दुई दिदीबहिनीको निधन भएको हो ।
सोमबार ऊनीहरुलाइ उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कोठामै सुतिरहेको अवस्थामा निसास्सिएर पातारासी गाउँपालिका ६ निवासी २२ वर्षीय मायालक्ष्मी महतारा र बहिनी १८ वर्षकी जुनमाया रोकायाको निधन भएको हो ।
पातारासी गाउँपालिका लुमभोटगाउँ घर भएकी जुनमाया दिदी सुत्केरी भएको अवस्थामा स्याहारसुसार गर्न सदरमुकाम बसेकी थिइन । जुनमायाको आइसियुमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।