• बुधबार, ४ कात्तिक २०८३
  • images

    स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरको बोतल भेटिएपछि...

    स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरको बोतल भेटिएपछि...

    शनिबार, असार १ २०८१
    शनिबार, असार १ २०८१
    स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरको बोतल भेटिएपछि...

    अछाम, १ असार । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन्।


    कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरु भेटिएका हुन्। जसमा तीनवटा बियरका बोतल फेला परेको बताइएको छ। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयको भनाई छ। 

    images


    सोही थाहा पाएर स्थानीयले छड्के अनुगमन गर्ने क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका थिए। त्यहाँका वडाध्यक्ष कमल भण्डारीले भने फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने जनाएका छन्।

    कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टले स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको  जानकारी दिए । केही समयअघिबाट नै स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल राख्ने गरेको विषय बाहिरिँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार